वीरगञ्ज । वीरगञ्जमा ४ वर्षीय बालिकाको बलात्कार गरि हत्या गरेको आरोपमा पर्सा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, वडा नम्बर १६ का १८ वर्षीय सलमान खान र १२ वर्षीय बालक रहेका छन् ।प्रहरीका अनुसार उक्त घटनामा संलग्न एक आरोपित व्यक्ति फरार रहेको छ ।
गत श्रावण ६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा बालिका हराएको उनको हजुरबुवाले उजुरी दिएका थिए ।उक्त उजुरीको आधारमा खोजी कार्य गर्दै जाँदा वीरगञ्ज महानगरपालिका वडा नं.२ छपकैया स्थित खाली जग्गाको झाडीमा उक्त हराइरहेकी ४ वर्षीया बालिकाको मृत शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतका अनुसार अनुसन्धानको क्रममा बालिका हत्यामा १२ वर्षीय वालकको संलग्नता रहेको खुल्न आएको थियो । बालकलाई सोधपुछ गर्ने क्रममा अन्य ३ जनाको समेत संलग्नता रहेको बताईएको थियो ।उक्त हराएकी वालिकालाई सामूहीक जबरजस्ती करणी पश्चात कर्तव्य गरी मारेको थप अनुसन्धानमा खुल्न आएको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो ।मृतक वालिकाको शव पोष्टमार्टम पश्चात अन्त्येष्टीका लागि परिवारको जिम्मा लगाइएको र पक्राउ परेको आरोपितहरू विरुद्ध जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।
फरार रहेको १ जना अभियुक्तको पहिचान भैसकेको र उनको खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्