२०८३ असार ५, शुक्रबार

बेपत्ता भएका दिलकुमार सुनारको शव फेला

खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव आज फेला परेको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–९ बर्दवास्थित कोइली खोलाले मङ्गलबार सुनारका दम्पती र छोरालाई बगाएको थियो ।

वडा नं ७ बाँडीगाउँ बस्ने सुनारकी श्रीमती ३१ वर्षीया राममाया सुनारको शव मङ्गलबार फेला परेको थियो । घटनामा सुनारका १२ वर्षीय छोरा निरजको भने स्थानीयले सकुशल उद्धार गरेका थिए ।

सुनारको शव आज बिहान कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्