२०८३ बैशाख १८, शुक्रबार

पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ५ हजार २५९ जना संक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्