२०८३ बैशाख १८, शुक्रबार

बारामा टाटा सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ मा हिजो टाटा सुमोले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुर-१६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय दीपक मैनाली रहेका छन् । काठमाडौंबाट कलैयया जाँदै गरेको ना १ ज ८८०६ नम्बरको टाटा सुमोले हिजो बेलुकी पौने ९ बजे उनलाई ठक्कर दिएको थियो ।

घाइते उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र सुमो चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्