२०८३ बैशाख १८, शुक्रबार

कञ्चनपुरमा बाढीले बगाउँदा एकको मृत्यु

बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ ।

जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । वादीलाई दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको हो ।

उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्