२०८३ असार २१, आइतवार

निलम्बित प्रधानन्यायाधीश राणाले आज पनि समितिमा बयान दिंदै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज (मंगलबार) पनि महाअभियोग सिफारिस समिति समक्ष बयान दिने भएका छन्।

महाअभियोग सिफारिस समितिको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा राणाले बयान दिने भएका हुन् । समितिले तयार पारेका ४३ वटा प्रश्न मध्ये राणाले अझै ८ वटा प्रश्नको जवाफ दिन बाँकी रहेको छ । समितिले यसअघि लिएका बयानका क्रममा राणाले न्यायालयभित्रको विकृति र विसंगतिलाई छताछुल्ला पारे । राजनीतिक नेतृत्व, न्यायाधीशहरू, बार एशोसियसन र मिडियाबीच रहेको नेटवर्किङका विषयमा उनले आक्रोश पोखे ।

राणाले आफूविरूद्ध महाअभियोग लगाउनुपर्ने कारण नै नभएको जिकीर पनि गर्दै आए । मंगलबारको बयानपछि सवाल र जवाफ सकिने र त्यसपछि बाँकी काम अघि बढ्ने सिफारिस समितिले जनाएको छ । राणाविरूद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्