२०८३ बैशाख १७, बिहिबार

घट्यो सुन र चाँदीको मूल्य, कति पुग्यो तोलाको?

कारोबारको अन्तिम दिन नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन ९१ हजार कायम भएको छ।

आज तोलामा १० रुपैयाँ घटेर चाँदी प्रतितोला एक हजार १७० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया लेख्नुहोस्