२०८३ बैशाख ११, शुक्रबार

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गए राती पौने १० बजे पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्