२०८३ बैशाख १७, बिहिबार

बैतडी र डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

बैतडी र डोटीमा घाँस काट्ने क्रममा भिरबाट लडेर दुई महिलाको मृत्यु भएको छ। डोटीको जोरायल गाउँपालिका(२ बिछिलकी ३८ वर्षीया कृष्णा धामीको भिरबट लडेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिछिलस्थित मनकामना सामुदायिक वनमा घाँस काट्ने क्रममा भिरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै शनिबार नै बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत ३० वर्षकी सरस्वती धामी बोहरा रहेकी छन् । खर काट्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सिगास गाउँपालिका(८ लुपुडकी सरस्वती घर नजिकै खर काट्न गएकी थिइन् । भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्