२०८३ बैशाख १९, शनिबार

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

नेपाली बजारमा बुधबार पनि सुनको मूल्य उकालो लागेका छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुनको मूल्य ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो

 

प्रतिक्रिया लेख्नुहोस्