समानुपातिक तर्फको मतगणना सकिँएसँगै प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक तर्फको मतपरिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ। यससँगै आयोगले सबै दलले पाएको समानुपातिकतर्फको सीट संख्या पति तोकेको छ।
प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सीट जितेको छ। दोस्रो नम्बरमा रहेको नेकपा ९एमाले० ले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सीट जितेको छ। नेकपा ९माओवादी केन्द्र० तेस्रो दल बनेको छ। माओवादीले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सीट जितेको छ। चौथो पार्टीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ। स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सात र समानुपातिकमा २० सीट पुगेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ नम्बरमा आएको छ। राप्रपाले प्रत्यक्षतर्फ सात र समानुपातिकमा सात गरी १४ सीट जितेको छ। त्यस्तै, जनता समाजवादी पार्टी ९जसपा०ले प्रत्यक्षमा सात र समानुपातिकमा पाँच गरी १२ सीट जितेको छ। प्रत्यक्षतर्फ १० सीट जितेको नेकपा ९एकीकृत समाजवादी० ले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन। जसले गर्दा समानुपातिकको मत खेर गएको छ। एकीकृत समाजवादीको १० सीट मात्रै भएको छ।
जनतम पार्टीले प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ पाँच गरी ६ सीट जितेको छ। प्रत्यक्षतर्फ चार सीट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन। जसले गर्दा लोसपाको समानुपातिकको मत खेर गएको छ। लोसपाको चार सीट मात्रै भएको छ। त्यस्तै, नागरिक उन्मुक्ति पार्टीको तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक–एक सीट जितेको छ। यी पार्टीले प्रत्यक्षतर्फ जित हासिल गरे पनि समानुपातिक तर्फ थ्रेसहोल्ड कटाउन सकेनन्।







प्रतिक्रिया लेख्नुहोस्