२०८३ अशोज २३, शुक्रबार

ग्यास सिलिन्डर साट्न कहाँ जाने ? यी हुन् ६ स्थान

आगामी आइतबारदेखि काठमाडौँ उपत्यकामा जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटेर एलपी ग्यास लिन पाउने भएका छन् । चाडपर्वको समयमा एकअर्का ब्रान्डका सिलिन्डर सट्टापट्टा गर्न नपाएर उपभोक्ताले सास्ती खेप्नुपरेको गुनासो आएपछि नेपाल एल‍पि ग्यास उद्योग सङ्घले यस्तो व्यवस्था गरेको हो।

नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा आगामी असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म उपत्यकाका ६ वटा निश्चित स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने सङ्घले जनाएको छ । यी केन्द्रहरूबाट प्रत्येक दिन बिहान ९ः ३० बजेदेखि अपराह्न ४ः ३० बजेसम्म सेवा लिन सकिनेछ।

सिलिन्डर साटिने र बिक्री हुने स्थानहरू तथा सम्पर्क :

१.सिफलचौर, काठमाडौँ (ग्यास एन्ड अक्सिजन ट्रेडर्स)

उपलब्ध ब्रान्ड : एभरेस्ट र सुगम

सम्पर्क : ९८०१०९१२७७

२.पेप्सीकोला, काठमाडौँ

उपलब्ध ब्रान्ड : सगर ग्यास

सम्पर्क :  ०१–५१५६२७४

३.बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि, काठमाडौँ

उपलब्ध ब्रान्ड : नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी

सम्पर्क : ९८०२९५०४१७

४.सुकेधारा, काठमाडौँ

उपलब्ध ब्रान्ड :  बाबा र श्री ग्यास

सम्पर्क : ९८५१११३७०४

५. कलङ्की, काठमाडौँ

उपलब्ध ब्रान्ड :  साईबाबा र श्रीकृष्ण ग्यास

सम्पर्क : ९८५१०६०१९२

६. हरिसिद्धि, ललितपुर

उपलब्ध ब्रान्ड : श्रीराम ग्यास

सम्पर्क : ९८५११३७७३२

प्रतिक्रिया लेख्नुहोस्