सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । जसका लागि ३५ दिनभित्र कम्पनी समक्ष निवेदन दिन सूचना जारी गरिएको छ।
नेपाल बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ बमोजिम संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाउन लागिएको कम्पनीले जनाएको छ ।
निर्देशिका अनुसार संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ ।
इच्छुक सेयरधनीले कम्पनीको कर्पोरेट कार्यालय, पुल्चोक, ललितपुरमा निवेदन दिनुपर्नेछ । बिक्री गरिने सेयरको मूल्य प्रचलित मूल्यभन्दा कम नहुने गरी बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले सूचनामार्फत जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्