२०८३ असार २०, शनिबार

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ बजे शपथ लिने

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आज हुने भएको छ।

सोमबार अपरान्ह ४ बजेका लागि समय तय भएको हो। उनलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको जानकारी पनि डा अधिकारीले दिए।हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए।

प्रधानमन्त्री प्रचण्डसँगै केही मन्त्रीले पनि आजै शपथ लिनेछन्। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डसँगै केही मन्त्रीहरूले पनि सोमबार शपथ लिनसक्ने छन्। प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाका १ सय ६९ सदस्यको समर्थन रहेकाले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्