अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुलीबाट एकजना पक्राउ परेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका-१० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ बाट सोमबार राति पक्राउ परेका प्रहरीले जनाएको छ । सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै गरेको बागमती एएए ६८०९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी भइरहेको प्रहरीले बताएको छ ।







प्रतिक्रिया लेख्नुहोस्