२०८३ असार २०, शनिबार

सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । प्रहरीले आवश्यकता अनुसार सो क्षेत्रमा सुरक्षा तैनाथ गरेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए ।

अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी प्राप्त गरेको आरोप गृहमन्त्रीमाथि छ । लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुनस् नेपालको नागरिकता प्राप्त गर्न नागरिकता सम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको आरोप छ ।

नागरिकता पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र गृहमन्त्री, सांसद बन्न अयोग्य रहेको तर्क गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्