काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उमेदवार शनिबार टुंगो लगाउने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले पार्टीले उमेदवार उठाउने बताए ।
“भोलि एमालेले उमेदवार उठाउँछ, मनोनयन दर्ता हुन्छ । अरू घटनाक्रम थाहा छैन,” संसदबाट बाहिरिँदै ओलीले भने ।
राष्ट्रपतिको उमेदवारी मनोनय भोलि हुँदै छ । उनले पुस १० गते नै उमेदवारी दिने निर्णय भएको समेत बताए ।







प्रतिक्रिया लेख्नुहोस्