२०८३ असार २०, शनिबार

सत्तारुठ गठबन्धनको बैठक:बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय

सत्तारुठ गठबन्धनको बैठकले बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाका विषयमा लगभग सहमति जुटेपनि कुन दललाई कुन मन्त्रालय दिनेबारे अझै टुंगो लाग्न नसकेको बताइएको छ ।

बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने जानकारी दिए ।

 

प्रतिक्रिया लेख्नुहोस्