प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सीमा नाका र जग्गा सट्टाभर्ना गर्ने अधिकार नभएको बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकको सुरुवातमै समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले कालापानी, लिपुलेख र लिम्पियाधुराको ठाउँमा भारतको मार्ग हुँदै बंगलादेश जाने मार्गका विषयमा दिएको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् ।
उनले सो विषयमा राष्ट्रियता बन्धक राख्न नसक्ने र बेच्न नसक्ने भन्दै त्यसलाई लम्पसारवादको संज्ञा दिए । “कालापानी, लिपुलेख र लिम्पियाधुरा कुनै पनि सर्तमा नेपालको संविधानले अरू विदेशीलाई दिने अधिकार दिएको छैन । के आधारमा उहाँले दिनुभयो ?,” भट्टराईले प्रश्न गरे । उनले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा बिमस्टेक सम्मलेन, सार्क सम्मेलन गराउने विषयमा के छलफल भएको छ भन्दै ईपीजी प्रतिवेदन बुझाउने र पञ्चेरश्वरको परियोजनाको सम्झौता किन अघि बढेन भन्दै प्रश्न थपे । “बिमस्टेक समिट भएको छैन । सार्ककको अध्यक्ष राष्ट्र हुनुको नाताले २०१८ देखि सार्ककको समिट भएको छैन । अध्यक्ष भएको नाताले यसमा पहल हनुपर्थ्यो,” उनले भने, “ईपीजीको बारोमा प्रश्न उठाउँदा सीमाको पञ्चेश्वरको बारेमा प्रश्न उठाउँदा परिस्थिति बिग्रिन्छ, मधेस डुबेको विषयम बिग्रन्छ भने के विषय उठाउँदा हुन्छ त?”
उनले मनमोहन अधिकारी, गिरीजप्रसाद कोइराला, केपी ओली प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण जाँदा जस्तो गर्वलायक प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नभएको पनि बताए । “आजदेखि हैन मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलादेखि हामीले सीमा विषय उठाएको हो । यसमा हामी गर्व गर्छौं र हामी गर्व गर्दछौँ गिरिजाप्रसाद कोइराला भारत भ्रमण जाँदा मनमोहन सिंहले अधिकारीले स्वागत गरेकोमा गर्व गर्दछौँ । नाकाबन्दीको बेला केपी ओलीले भारत भ्रमण नगरर लिएको साहसको सम्मान गर्दछौँ,” उनले भने ।







प्रतिक्रिया लेख्नुहोस्