२०८३ बैशाख १७, बिहिबार

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल बलात्कार आरोपमा पक्राउ

जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोप लागेपछि प्रहरीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।

पोखरेलमाथि आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस्