सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार बिहान छत्रेश्वरी गाउँपालिका–१ भालुमारेदेखि मयानी जाँदै गरेको लु प्र ०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए।
उनकाअनुसार भालुमारेबाट कम्पोष्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर चालक भने फरार भएको र खोजी कार्य भइरहेको छ।






प्रतिक्रिया लेख्नुहोस्