बिजुलीको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन नेपाल विद्युत् प्राधिकरणले काटिदिएको छ।
प्राधिकरणले बिहीबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयको बिजुली काटिदिएको हो। तीन महिनासम्म बत्तीको बिल कांग्रेसले नतिरेपछि प्राधिकरणले कर्मचारी पठाएर लाइन काटिदिएको हो। अन्य ग्राहकको पनि तीन महिनासम्म बिल नतिरे लाइन कानिन्छ।
संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको हो। कांग्रेस संसदीय दलको करिब ६५ हजार बिल तिर्न बाँकी थियो। बिजुली काटिएपछि बिहीबार नै बिल तिरेकाले लाइन जोड्ने तयारी प्राधिकरणले गरेको छ।







प्रतिक्रिया लेख्नुहोस्