२०८३ असार २०, शनिबार

प्रहरी अस्पतालको एआईजीको पदावधि २ वर्ष राख्न प्रस्ताव

नेपाल प्रहरी अस्पतालको एआईजीको पदावधि दुई वर्ष राख्न प्रस्ताव गरिएको छ।

नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा अस्पतालको प्रमुखको रूपमा एआईजीको पदावधि २ वर्ष कायम गर्न प्रस्ताव गरिएको हो। मौजुदा ऐनमा अस्पतालको एआईजीको पदावधि ३ वर्ष छ।

विधेयकको दफा– ५३ अनुसार विशेषज्ञता हासिल गरेका प्राविधिक तर्फका डीआईजी, एसएसपी र एसपीको हकमा पदावधि लागू नगर्ने विधेयकमा व्यवस्था छ । उनीहरू उमेर हद पुरा गरेर अनिवार्य अवकाशमा जान्छन्।

प्राविधिकतर्फ प्रहरी नायव उपरीक्षक र सो भन्दा माथिको पदमा ६० वर्ष पुरा गर्नेहरू अनिवार्य अवकाशमा जान्छन्। इन्स्पेक्टर र सोभन्दा मुनिको पदमा ५८ वर्ष उमेर हद लागू गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्