२०८३ अशोज २२, बिहिबार

नेप्से सामान्य अंकले बढ्यो, कतिको भयो कारोबार?

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.३१ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ५७४ अंकमा बन्द भएको छ।

कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । आज १४० कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बैंकिङ समूहमा आएको सुधारले समग्र बजारलाई बढ्न टेवा दिएको छ । बिहीबार बैंकिङ समूह ०.१९ प्रतिशतले बढेको छ । विकास बैंक ०.०६, जलविद्युत् ०.१८, लगानी ०.१५, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.७३, निर्जीवन बीमा ०.१७ र व्यापार समूह ०.४३ प्रतिशतले बढेका छन् ।

त्यस्तै, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.३९, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.०२ र अन्य समूह ०.४४ प्रतिशतले घटेका छन् ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । स्नो रिभर्स लिमिटेड ६.४०, चिरख्वा हाइड्रोपावर ५.१५, नेसनल हाइड्रोपावर ३.९४, सोनापुर मिनरल्स ३.६१ र बोटलर्स नेपाल बालाजु ३ प्रतिशतले बढेका छन् ।

घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ३.३६ प्रतिशत र माबिलुङ इनर्जीको २.९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सोनापुर मिनरल्स, हिमालयन पावर पार्टनर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्