२०८३ बैशाख १७, बिहिबार

प्रसाई दम्पतीको परिवारमा नयाँ सदस्यको आगमन

नेपालका चर्चित वक्ता तथा गायक रमेश प्रसाई र सामाजिक कार्यकर्ता नन्दा सिंह प्रसाईको जीवनमा नयाँ सदस्यको आगमन भएको छ। प्रसाई दम्पतीलाई दोस्रो सन्तानको रुपमा  पुत्रलाभ भएको हो। यो खबर नन्दा सिंह प्रसाईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत दिएकी हुन्। शिशु र परिवारका सदस्यसहितको तस्बिर र भिडियो सहितको पोस्ट गर्दै उनले यो नयाँ अध्यायको सुरुवातमा आफ्नो खुशी र कृतज्ञता व्यक्त गरेकी छिन्।

नवजात शिशुको आगमन प्रसाई दम्पतीका लागि एक महत्वपूर्ण र आनन्दित क्षण बनेको छ। नन्दा सिंह प्रसाईले आफ्नो सन्देशमा शिशुका लागि हृदयदेखि आशीर्वाद व्यक्त गर्दै भनेकी छिन, ‘आज हाम्रो जीवनमा नयाँ बसन्त छाएको दिन यो नयाँ मान्छेलाई आशीर्वाद दिनुहोला। उसको जन्म यो परिवारका लागि, समाजका लागि र संसारका लागि सकारात्मक अर्थपूर्ण बनोस्’। यो भावनाले दम्पतीको सामाजिक सेवाप्रतिको प्रतिबद्धता र आफ्नो सन्तानले पनि समाजमा सकारात्मक योगदान दिनेछ भन्ने उनीहरूको आशालाई दर्शाउँछ।

२०७७ सालमा वैवाहिक बन्धनमा बाँधिएका रमेश प्रसाई र नन्दा सिंह प्रसाईले विशेष गरी दृष्टिविहीन व्यक्तिहरूको हक र कल्याणको पक्षमा वकालत गर्दै आएका छन्। उनीहरू धेरैका लागि प्रेरणाको स्रोत बनेका छन्। उनीहरू आफ्नो बलियो साझेदारी र सामाजिक कार्यका लागि प्रख्यात छन्। दम्पतीले हाल यो अनमोल क्षणलाई खुसीसाथ मनाइरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्