प्रहरी नायव उपरीक्षक मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ परेका छन् । प्रहरी नायव उपरीक्षकलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । नेपाल जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए ।
डीएसपीकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको हो । प्रहरी प्रमुख एसपी प्रदिप क्षेत्रीका अनुसार बहुविवाहको केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको हो । साथै उहाँलाई पक्राउ गरेर म्याद थप समेत गरिएको छ । नेपाललाई ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
एसपी क्षेत्रीले नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्