२०८३ बैशाख १६, बुधबार

साताको अन्तिम दिन पनि कारोबार रकम घट्यो

साताको अन्तिम कारोबारको दिन बिहीबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचक बिहीबार १.६६ अंक घटेर २६०७.३७ विन्दुमा झरेको छ।

बिहीबार अन्तिम समयमा नेप्से एकैपटक तीन अंक हाराहारी बढेपनि बजार अघिल्लो दिनको बन्द बिन्दुभन्दा माथि पुग्न सकेन।बजारको प्रवृत्ति स्पष्ट नहुँदा कारोबार लगातार घट्दै गएको छ। यस दिन ३ अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको छ।

आज दुई कम्पनीमा सर्किट ब्रेक लागेको छ। स्वस्तिक लघुवित्त र एसवाइ प्यानलको सेयर मूल्य करिब १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ।

यसदिन कारोबारमा आएका सबै समूहगत परिसूचक एक प्रतिशतभन्दा कमले परिर्वतन भएका छन्। कारोबारमा आएका तीन सय २६ लगानी उपकरणमध्ये एक सय १७ वटाको मूल्य बढेको छ भने एक सय ८१ वटाको सेयर मूल्य घट्दा बाँकीको स्थिर रहेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्