२०८३ बैशाख १३, आइतवार

तोलामा ३५ सय बढ्यो सुन, चाँदीमा दिनदिनै नयाँ रेकर्ड

साताको अन्तिम कारोबारको दिन शुक्रबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भरि वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ ।त्यस्तै, चाँदीले भने केही दिनदेखि नै नयाँ रेकर्ड कायम गरिरहेको छ । शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।

 

 

प्रतिक्रिया लेख्नुहोस्