२०८३ बैशाख १६, बुधबार

बालिका बलात्कार आरोपमा झापाबाट एक जना पक्राउ

झापामा १३ वर्षकी बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

शिवसताक्षी नगरपालिका-८ डुडामारी बस्ने ५२ वर्षीय सन्तवीर लिम्बु सम्वाहाम्फे पक्राउ परेका हुन्।

बालिकामाथि बलात्कारको उजुरी परेका कारण उनलाई इलाका प्रहरी कार्यालय झिल्झिलेबाट खटिएको टोलीले सनिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्