साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक १६.३७ अंकले बढेर २६१९।९९ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाखको सेयर कारोबार भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ङादी ग्रुपको सर्वाधिक १९ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा लुम्बिनी विकास बैंकको १० करोड ३० लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन स्वस्तिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशत र एसवाई प्यानलका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । श्वेतगंगा हइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ४.१६ प्रतिशतका दरले गुमाएका छन् ।






प्रतिक्रिया लेख्नुहोस्