नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २ हजारले घटेर तोलाको २ लाख ५८ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४००५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार चाँदी तोलाको ४०८० मा कारोबार भएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्