२०८३ जेष्ठ ४, सोमवार

सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

साताको दोस्रो कारोबारको दिन सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढी हो ।

त्यस्तै चाँदीको भाउले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ । जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्