२०८३ बैशाख १६, बुधबार

सुनको मूल्यमा नयाँ किर्तिमान, चाँदीको कति पुग्यो ?

नेपाली बजारमा आजपनि सुनचाँदीकाे मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ५५ सयले बढेर तोलाको २ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि सोमबार सुन तोलाको २ लाख ६१ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ४२५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको पनि अहिलेसम्मको उच्च मुल्य हो । यसअघि सोमबार चाँदी तोलाको ४१३५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्