नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनसार आज सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रूपैयाँ बढी हो।यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
त्यस्तै, मंगलबार तोलामा चार हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।







प्रतिक्रिया लेख्नुहोस्