२०८३ जेष्ठ ४, सोमवार

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्न अस्वीकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रूपन्देही जिल्ला अदालतले तत्काल फिर्ता नगर्ने भएको छ।

महान्यायाधिवक्ता कार्यालयले लामिछाने सहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग फिर्ता गर्ने निर्णय गरे पनि उक्त अदालतले त्यही विषयमा सर्वोच्च अदालतमा परेको रिटको टुंगो लागेपछि मात्र निवेदन पेस गर्न आदेश गरेको हो।

गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले निर्णय गर्दै लामिछाने सहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।

यधपी रवि लामिछानेविरूद्ध रूपन्देहीसँगै कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा समेत सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएका थिए।

 

प्रतिक्रिया लेख्नुहोस्