फागुन २१ को निर्वाचनका लागि आजबाट नेपाली सेना सडकमा निस्किएका छन् । ८० हजार नेपाली सेना सहित चारवटै सुरक्षा निकाय, नेपाली सेनाको संयोजनामा परिचालित भएका हुन् ।
निर्वाचनमा नेपाल प्रहरीका तर्फबाट ७७ हजार जनशक्ति परिचालित हुनेछन् भने, सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र एक लाख ३३ हजार जना ‘निर्वाचन प्रहरी’ परिचालित हुन्छन् ।
निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित भएका हुन् ।
एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिएका छन् ।
निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।







प्रतिक्रिया लेख्नुहोस्