२०८३ जेष्ठ १, शुक्रबार

बौद्धमा १ करोडका गरगहना चोरी

काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा एउटै घरबाट एक करोड रुपैयाँभन्दा बढीका गरगहना चोरी भएको छ । मंगलबार दिउँसो उक्त घरबाट चोरी भएको हो ।

टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरी भएको प्रहरीले जनाएको छ।

दिउँसो कपडा धोएर छतमा लुगा सुकाउन गएको मौकामा ती गरगहनाहरू चोरी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्