राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ मंगलबार प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले तीनै विधेयक मंगलबार नै प्रमाणीकरण गरिएको जानकारी दिए।
विनियोजन विधेयक प्रमाणीकरणसँगै सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत बजेट कार्यान्वयन गर्ने संवैधानिक बाटो खुलेको छ। यस्तै, राष्ट्र ऋण उठाउने विधेयकले सरकारलाई बजेट व्यवस्थापनका लागि आवश्यक आन्तरिक तथा बाह्य ऋण परिचालन गर्न कानुनी आधार प्रदान गर्नेछ भने आर्थिक विधेयक कार्यान्वयनमा आएपछि बजेटमा प्रस्ताव गरिएका कर, राजस्व तथा अन्य वित्तीय व्यवस्थाहरू लागू हुनेछन्।







प्रतिक्रिया लेख्नुहोस्