२०८३ साउन १, शुक्रबार

महिनाको पहिलो दिनमै घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज महिनाको पहिलो दिज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ३१ सयले घटेर तोलाको २ लाख ८२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२५ रुपैयाँले घटेर तोलाको ४२०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४३२५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्