नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ।
सडक विभागका अनुसार बिहान ९ बजेदेखि कार, जीप र भ्यानलगायत ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको हो। यसअघि एम्बुलेन्स, आपत्कालीन तथा सरकारी नम्बर प्लेटका सवारीसाधनले मात्र सुरुङमार्ग प्रयोग गर्दै आएका थिए।
अब काठमाडौं–धादिङ आवतजावत गर्ने निजी सवारीसाधनले नागढुंगाको उकालो सडकको विकल्पका रूपमा सुरुङमार्ग प्रयोग गर्न सक्नेछन्। सुरुङमार्ग सञ्चालनका लागि यसअघि नै आवश्यक तयारी पूरा गरिएको थियो।







प्रतिक्रिया लेख्नुहोस्