नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारले बालिका बलात्कार र हत्या घटनामा सरकारले पीडित परिवारसँग गर्ने सहमति र क्षतिपूर्तिको शैलीप्रति असन्तुष्टि जनाएकी छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अपराधीमा कानुनको डर नभएकै कारण यस्ता जघन्य अपराध बढिरहेको बताइन्। उनले ३ वर्षीया गरिमा चौधरी र २ वर्षीया खुशी खातुनको बलात्कारपछि हत्या घटनाको प्रसंग उठाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरिन्।
गच्छदारले बलात्कारपछि हत्या प्रमाणित भए जन्मकैदको व्यवस्था कडाइका साथ लागू गर्न, मिलापत्र गराउनेलाई समेत कडा सजाय दिन र बालिका यौन हिंसा तथा हत्याका मुद्दा छिटो टुंग्याउन विशेष अदालत गठन गर्न माग गरिन्।







प्रतिक्रिया लेख्नुहोस्