उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित नगर्न सरकारसँग आग्रह गरेका छन् ।
काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका सुकुमवासी परिवारलाई हाल आश्रय दिइएको भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र खाली गर्न निर्देशन दिइएको सन्दर्भमा घिसिङले यस्तो आग्रह गरेका हुन् ।
जाडोको मौसममा सुरक्षित आवासको सुनिश्चितताबिना पुन: विस्थापित गर्नु उचित नहुने उनको धारणा छ ।









प्रतिक्रिया लेख्नुहोस्