२०८३ मंसिर १२, शुक्रबार

एकनारायण अर्याललाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ जिल्ला अदालतले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न समय दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई अनुसन्धानका लागि समय माग गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएको थियो ।

उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले ४ दिनको समय दिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्