२०८३ भदौ ८, सोमवार

साताको पहिलो दिन नेप्सेमा गिरावट, कतिको भयो कारोबार?

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक घटदा कारोबार रकम पनि घटेको छ। आज बजारमा कुल ३अर्ब २३करोडको कारोबार भएको छ। ४७ वटा कम्पनीको मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्य घटेको छ । बाँकी २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

सोमबार सबैभन्दा बढी सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड ११९.६० अंकले बढेर प्रतिकिता मूल्य ९२७.२० पुगेको छ।सर्वाधिक मूल्य घट्नेमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड रहेको छ। उक्त कम्पनीको मूल्य ३४ अंकले घटेर प्रतिकित्ता मूल्य ३११.९० पुगेको हो।

प्रतिक्रिया लेख्नुहोस्