२०८३ भदौ १२, शुक्रबार

भोटेकोशीमा अर्को खतराः अस्थायी ताल फुट्यो, उद्धार कार्य रोकियो

रसुवाको भोटेकोशी क्षेत्रमा पहिरोका कारण बनेको अस्थायी ताल फुटेको जानकारी चीनले दिएको छ। ताल फुटेपछि नेपालतर्फ फेरि बाढी आउन सक्ने जोखिम बढेको भन्दै उद्धार कार्य रोकिएको छ।

चिनियाँ पक्षका अनुसार छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण ठूलो ताल बनेको थियो। उक्त ताल अहिले फुटेको हो।

रसुवातर्फबाट फेरि बाढी आएको सूचना पाएपछि नुवाकोट प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। प्रहरीले विदुरलगायत क्षेत्रमा माइकिङ गर्दै नदी तथा खोलानजिक नजान र अग्लो सुरक्षित स्थानमा बस्न भनेको छ।

भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको थियो। फेरि बाढीको जोखिम देखिएपछि नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्