चीनले तिब्बतमा बाढी प्रभावितहरूको उद्धार कार्य फेरि थालेको छ । चीनको सरकारी टिभी सीसीटीभीलाई उद्धृत गर्दै बीबीसीले छापेको समाचार अनुसार पानी थुनिएर बनेको तालबाट पानी तलतिर झर्न रोकिएपछि उद्धार कार्य सुचारु गरिएको हो ।
चिनियाँ अधिकारीका अनुसार तिब्बतको सीमावर्ती क्षेत्र जिरोङमा ५५८ जना अझै बेपत्ता छन्। तीमध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ। बाढीका कारण नेपालतर्फबाट कैलाश मानसरोवर यात्रामा गएका तीर्थयात्रीसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्।
बाढीपछि बनेको अस्थायी ताल र नदीको बहावमा भइरहेको परिवर्तनका कारण उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा खोजी गरिरहेको छ। चीनले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै उद्धारकर्मीलाई सुरक्षित क्षेत्रमा राखेर अवस्थाको निगरानीसमेत गरिरहेको छ।
नेपाल र तिब्बत दुवैतर्फ बाढीले सडक, पुल, बस्ती तथा अन्य महत्वपूर्ण संरचनामा ठूलो क्षति पुर्याएको छ। अहिले दुवै देशका उद्धार टोली बेपत्ता नागरिकको खोजी र प्रभावितको उद्धारमा जुटिरहेका छन्।







प्रतिक्रिया लेख्नुहोस्