अमेरिका र इरानबीच बढ्दो सैन्य तनावपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार २ प्रतिशतभन्दा बढीले बढेको छ।
अमेरिकाले आइतबार इरानको लारक द्वीपमा हमला गरेपछि इरानले जवाफी कारबाही गर्दै जोर्डनमा रहेका अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको खबरसँगै तेलको मूल्य बढेको हो।
लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल २ डलर २१ सेन्टले बढेर ९० डलर ३१ सेन्ट पुगेको छ। यो शुक्रबारको कारोबार बन्द हुँदाको मूल्यभन्दा २.५१ प्रतिशत बढी हो।
त्यस्तै, न्युयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट ९डब्लूटीआई० क्रुडको मूल्य पनि प्रतिब्यारेल १ डलर ८३ सेन्टले बढेर ८५ डलर २३ सेन्ट पुगेको छ। यो पनि शुक्रबारको तुलनामा २.१९ प्रतिशतको वृद्धि हो।
यद्यपि, ब्रेन्ट र डब्लूटीआई दुवैको मूल्य अगस्टमा समग्रमा केही कमजोर रहने देखिएको छ। गत साता दुवैको मूल्य ४ प्रतिशतभन्दा बढी घटेको थियो। लगातार तीन साता मूल्य बढेपछि गत साता तेल बजारमा पहिलोपटक साप्ताहिक गिरावट देखिएको थियो।







प्रतिक्रिया लेख्नुहोस्