२०८३ अशोज १८, आइतवार

महालक्ष्मी विकास बैंकको अफर: दराजमा १५% सम्म छुट

महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ कारोबारलाई बढावा दिन ‘महालक्ष्मी महा सोमबार’ सञ्चालन गर्ने भएको छ ।

यस योजना अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले हरेक सोमबार दराज मार्फत अनलाईन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका डेबिट कार्ड लिएका ग्राहकहरूले दराज नेपाल मार्फत न्यूनतम १ हजार ९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकत्तम ७५० रुपैयाँ छुट प्राप्त गर्नेछन् भने क्रेडिट कार्ड लिएका ग्राहकहरूले न्यूनत्तम १ हजार ९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

यो योजना हरेक सोमबार मात्र लागु हुने बैंकले जनाएको छ । यस्तै सीमित संख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा छुट उपलब्ध हुने भएकाले ग्राहकहरूले हरेक सोमबार समयमै यस योजनाको लाभ लिन सक्नेछन् ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यो बैंकले हालै मात्र ज्ञानेश्वरमा कफी लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया लेख्नुहोस्