राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने जनआन्दोलनमा गणतन्त्रसँग हिन्दू धर्म साटिएको विषयमा नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।
आज कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।
चौधरीले १९ दिने जनआन्दोलनमा कांग्रेस सभापति थापाले टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाएको भन्दै प्रशंसा गरे । आफू पनि त्यो आन्दोलनमा सहभागी भएको उनले बताए ।
चौधरीले भने, ‘गगनजी, त्यो आन्दोलनमा हामीले पनि लाठी खायौँ । पानीको फोहरा खायौँ । देशमा गणतन्त्र ल्यायौँ । तर, एउटा अनौठो संयोग छ । १९ दिने आन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो ?’
उनले पहिचानसँग कुनै पनि कुरा साट्न नपाइन् उल्लेख गरे ।
चौधरीले थपे, ‘हाम्रो पहिचानसँग कुनै कुराको साटफेर गर्न पाइँदैन । हाम्रो दशैंको जमरासँग कुनै चिजको साटफेर गर्नेवाला छैनौँ ।’







प्रतिक्रिया लेख्नुहोस्