२०८३ अशोज १८, आइतवार

रेशम चौधरीले गगनलाई सोधे– मेरो धर्म किन साटियो?

राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने जनआन्दोलनमा गणतन्त्रसँग हिन्दू धर्म साटिएको विषयमा नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।

आज कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।

चौधरीले १९ दिने जनआन्दोलनमा कांग्रेस सभापति थापाले टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाएको भन्दै प्रशंसा गरे । आफू पनि त्यो आन्दोलनमा सहभागी भएको उनले बताए ।

चौधरीले भने, ‘गगनजी, त्‍यो आन्दोलनमा हामीले पनि लाठी खायौँ । पानीको फोहरा खायौँ । देशमा गणतन्त्र ल्यायौँ । तर, एउटा अनौठो संयोग छ । १९ दिने आन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो ?’

उनले पहिचानसँग कुनै पनि कुरा साट्न नपाइन् उल्लेख गरे ।

चौधरीले थपे, ‘हाम्रो पहिचानसँग कुनै कुराको साटफेर गर्न पाइँदैन । हाम्रो दशैंको जमरासँग कुनै चिजको साटफेर गर्नेवाला छैनौँ ।’

प्रतिक्रिया लेख्नुहोस्